header AD

हाम्रो मिशन

हाम्रो मिसन

परिचयः शुक्लाफाँटा नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेशको  कञ्चनपुर जिल्लामा अवस्थित छ । यस नगरपालिकाको स्थापना झलारीपिपलाडी नगरपालिकाको रुपमा मिति २०७१।०८।१६ गतेको नेपाल सरकारको निर्णयानुशार भएको हो । प्रारम्भमा यो नगरपालिका साविकका झलारी र पिपलाडी गाविस मिलेर बनेको थियो । तत्पश्चात नेपाल सरकारको मन्त्रीपरिसदको मिति २०७३/११/०९ निर्णयबाट स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरेको आदेश २०७३ अनुसार नेपाल सरकारको मिति २०७३/११/२२ गतेको निर्णयबाट झलारि पिपलाडी नगरपालिकामा साविक देखतभूलि गाविसका वडा नं. ४ र ६ समेत मिलाई शुक्लाफाँटा नगरपालिका नामाकरण गरिएको हो। यस नगरपालिकामा जम्मा १२ वटा वडाहरु मिलेर बनेको छ ।   शुक्लाफाँटा नगरपालिकाको समष्टिगत उद्देश्यः १. शुक्लाफाँटावासीको रोजगारी र आयमा वृद्धि गरी जीवनस्तर सुधार गर्नु, २. शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रको समतामूलक विकास गर्नु, ३. गुणस्तरीय भौतिक पूर्वाधारको विकास र विस्तार गर्नु, ४. वन वातावरण, जैविक विविधताको संरक्षण र प्रवर्द्धनका साथै जलवायु परिवर्तन अनुकूलन र विपद व्यवस्थापन सम्बन्धी कार्य प्रभावकारी रूपमा गर्नु, ५. संस्थागत सुदृढ़ीकरण गर्दी सुशासनको प्रत्याभूत गर्नु।    समष्टिगत रणनीति   १. कृषिलाई व्यवसायीकरण गरी मूल्य शृङ्खलामा आबद्ध गर्ने, २. उद्यमशीलताको विकास गरी स्थानीय उत्पादनमा आधारित उद्योग, व्यापार तथा व्यवसायको प्रवर्द्धन गर्ने ३. आधारभूत र माध्यमिक शिक्षा गुणस्तरीय र रोजगारीमूलक वनाउने, ४. आधारभूत स्वास्थ्यसेवा सर्वसुलभ बनाने, ५. स्थानीय विकास तथा शासन प्रणालीमा समावेशीताको अभिवृद्धि गर्ने, ६. यातायात, विद्युत, सिंचाई, भवन, सञ्चार जस्ता पूर्वाधारको निर्माण तथा विस्तार गर्ने ७. विकास र वातावरण बीच सन्तुलन कायम गर्ने, ८. स्थानीय विकासलाई जलवायु परिवर्तन अनुकूलन बनाउने र विपद व्यवस्थापन गर्ने, ९. विकास र सेवा प्रवाहमा सुशासन अभिवृद्धि गर्ने